रोल्पामा मतपत्र जलेपछि मतदान स्थगित

पुनः मतदान गर्न माग

रोल्पा । सरकार र निर्वाचन आयोगले सुरक्षाको राम्रो व्यवस्था भएको भने पनि आज कतै बम विस्फोट भएको छ भने कतै मत पेटीका जलेका छन ।

त्यस्तै रोल्पा नगरपालिका १० भनभने मतदान केन्द्रमा मतपत्रमा एसिड राखेर मतपेटिका जलेको छ ।

अहिलेसम्म उक्त मतदान केन्द्रमा १ सय ५० मत खसेको छ र उक्त घटनापछि मतदान स्थगित भएको छ । त्यहाँका स्थानीय राजनीति दलका नेताहरुले खसेको मत बदर गरी फेरी मतदान सञ्चालन गर्न आग्रह गरेका छन ।

उक्त घटना हुनुमा सुरक्षाको लापर्बाही भएको रोल्ल्पा का प्रमुख निर्वाचन अधिकृत कमल प्रसाद ज्ञवालीले बताएका छन । उक्त घटनामा विप्लव नेतृत्वको नेकपा हुन सक्ने आसंका गरिएको छ ।