यसरी गरे प्रधानमन्त्रीले मतदान

शान्तिपुर्ण र उत्साहजनक रुपमा निर्वाचन हुँदै

डडेल्धुरा । दोस्रो चरणको स्थानीय तह चुनावमा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. १ को असीग्राम उच्चमावि मतदान केन्द्रबाट मतदान गरेका छन ।

त्यस्तै सत्ता रुढ दल नेकपा माओवादी केन्द्रका नेता मन्त्रीमण्डलका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आफ्नो जन्मथलो रोल्पा नगरपालिका–१ बाट आज मतदान गरेका छन ।

तीन वटै प्रदेशबाट ६४ लाख ३२ हजार ७६५ मतदाता सहभागी रहेका छन । प्रदेश नं १,५र७ मा स्वच्छ, शान्तिपुर्ण र उत्साहजनक रुपमा निर्वाचन भइरहेको छ ।