मतदान सुरुः हेर्नुहोस Live

३३४ स्थानीय तहमा निर्वाचन हुँदै

बर्दिया । दोश्रो चरणको स्थानीय निर्वाचनमा प्रदेश नं ५ अन्र्तगत पर्ने पुर्वपश्चिम राजमार्गसँग जोडिएको बर्दियाको ठाकुरबाबा नगरपालिकाको भुरिगाउँ, बगनाह, शाहिपुर, शिवपुर, ठाकुरद्धारा लगाएत सबै क्षेत्रमा उत्साहका साथ मतदान सुरु भएको छ ।

दोस्रो चरणको निर्वाचन प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाको एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिका गरी ३३४ स्थानीय तहमा आज निर्वाचन सुरु भइरहेको छ।

आज हुने स्थानीय निर्वाचनबाट १५ हजार ३८ स्थानीय प्रतिनिधि छनोट हुनेछन् । निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले भाग लिँदै छन् ।