सरकारले हत्यारा र अपराधिलाई फुलमालाले स्वागत गर्दैछः अध्यक्ष ओली

जननिर्वाचित प्रतिनिधिका अधिकार कुण्ठित नगर्न चेतावनी

काठमाडौं । निर्वाचन आयोगले तोकेको मौन अवधीमा आचारसंहिता लत्याउँदै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज पत्रकार सम्मेलन गरेर सत्तारुढ दलहरु तानाशाही बन्न खोजेको बताएको छ ।

सोमबार काठमाडौमा पार्टी निकट प्रेस चौतारी नेपालले गरेको अन्तरसम्बाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकारले हत्यारा र अपराधिलाई जेल सजाय दिनुको साटो फुलमालाले स्वागत गर्ने गरेको बताएका हुन ।

ओलीले स्थानीय तहको तेस्रो चरणको चुनावलाई राष्ट्रिय एकताविपरित र जननिर्वाचित प्रतिनिधिका अधिकार कुण्ठित गर्ने काम गरिए त्यो एमालेलाई मान्य नहुने चेतावनी दिएका छन ।

उनले यस पछि हुने दोश्रो चरण र तेश्रो चरणका निर्वाचन शान्तिपुर्ण, स्वतन्त्र र निश्पक्ष बनाउन एमालेले सदैव सहयोग गर्ने र कुनै किसिमको दवाव नदिने बताएका छन ।