केबुलकार दुर्घटनामा पाँचको मृत्यु

चार जना घाइते

भारत । भारतको एक प्रशासित काश्मिरको पर्यटकीय सहर गुलमार्गमा एक केबुलकार दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले

छ ।

केबुलकार चलिरहेको अवस्थामा एक्कासि रुखमा ठोक्किएपछि घिर्नी लठ्ठाबाट खुस्किएको थियो । उक्त केबुलकार करिब ३० मिटर तल भूइमा खसेको प्रहरी अधिकारी इम्तियाज हुसैनले बताए ।

 उक्त कारभित्र रहेका पाँच जनाको मृत्यु भएको र चार जना घाइते भएको हुसैनले बताए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

सो दुर्घटनामा नयाँ दिल्लीबाट भ्रमणमा आएका एक जोडी र उनीहरुका दुई बच्चा परेको थाहा भएको हुसैनले बताए ।
केबुलकारमा सवार यात्रुहरु पिरपान्जल हिमालयन श्रृङ्खलातर्फ जाँदै गर्दा भएको बताइएको छ । गुलमार्ग स्कीका लागि उच्च भूभागमा रहेको प्रसिद्ध भारतीय गन्तव्यस्थल हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमबाट