आज इदको अवसरमा सार्वजनिक बिदा

इदुल फित्र उल्लासका साथ मनाइदै

काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व इद (इदुल्ल फित्र) को अवसरमा सोमबार सार्वजनिक बिदा दिने भएको छ ।

आइतबार गृह मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ–‘नेपाल राजपत्रमा इद (इदुल फित्र) मा बिदा दिने भनी उल्लेख भएकोमा सो पर्व असार १२ गते परेकाले सो दिन नेपाल राज्यभर सार्वजनिक पर्व बिदा दिने निर्णय भएको छ ।’

कतार, साउदी लगायत अन्य अन्तराष्ट्रिय मुलुकमा आइतबार नै इदुलफित्र मनाइएको छ । नेपालमा आज(सोमबार) एकदमै उल्लासका साथ इदुल फित्र मनाइदै छ ।