त्रिशूलीमा बेपत्ता प्रहरी जवानको शव नवलपरासीमा

चितवन । पहिरोका कारण बेपत्ता भएका प्रहरी जवान लीलबहादुर चेपाङको शव भेटिएको छ। नवलपरासीको देवचुली नगरपालिका १७ को दुधौलीमा आइतबार दिउँसो शव भेटिएको हो।

नारायणीको पुलबाट नदीमा शव बगेको देखेपछि प्रहरीको टोलीले खोजी गरेको थियो। खोजी गर्दै जाँदा दुधौलीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दीपक थापाले जानकारी दिए।

नारायणीको भंगालेमा अड्किएको अवस्थामा शव भेटिएको हो। शवलाई पोष्टमार्टमका लागि भरतपुर ल्याइएको छ। गोरखा मकैसिंहका चेपाङ इलाका प्रहरी कार्यालय मुग्लिनमा कार्यरत थिए। पहिरो हटाएर फर्कने क्रममाना १ झ १३९० नम्बरको प्रहरीको गाडीलाई पहिरोले बगाएको थियो।

गएको बिहीबार राति इच्छाकामना गाउँपालिका ६ कालिखोला नजिक खसेको पहिरोले प्रहरीको गाडीसहित चार जनालाई बगाएको थियो। बेपत्ता मध्ये दुई जनाको मृत्यु भएको थियो। पहिरोमा बेपत्ता अर्का प्रहरी जवान सन्दीप कार्की अझै बेपत्ता छन्। यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।