लागू औषध बिरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न

विभिन्न परामर्शदाताहरुको संयुक्त सहभागि

काठमाडौ । काठमाडौँ स्थित रहेको आसरा सुधार केन्द्रले ‘लागूऔषध दुरुपयोग तथा ओसार पसार बिरुद्धको अन्तर्राष्ट्रिय दिबस’ जुन २६, २०१७ को अवसरमा नेपाल प्रहरी बिद्यालय सामाखुशीको कक्षा ९ मा अध्ययनरत बिद्यार्थी एवं शिक्षकहरुलाई आइतबार लागू औषध बिरुद्ध जनचेतनामुलक कार्यक्रम संचालन गरेको छ ।

सो कार्यक्रममा केन्द्रकी अध्यक्ष श्रीमती सीमा अर्यालले लागूऔषधको दुरुपयोग, त्यसको असर र अपनाउनुपर्ने सावधानीका बारेमा मन्तव्य व्यक्त गरेकी थिइन ।

त्यस्तै केन्द्रकी सचिव श्रीमती रम्भा लामाले बिद्यार्थीहरुलाई लागूऔषधको दुरुपयोगले पुयाउने हानी–नोक्सानी सम्बन्धमा जानकारी गराउँदै सो कार्यक्रममा आसरा सुधार केन्द्रका पदाधिकारीज्यूहरु, क्याम्प कमाण्डेन्ट र परामर्शदाताहरु समेतको संयुक्त टोलीको सहभागिता रहेको थियो ।उक्त कार्यक्रममा श्रव्यदृश्य सामाग्री समेत प्रदर्शन गरिएको थियो ।