चिया खादा चार लाख पँचास हजार लुटियो

लुटेराको खोजी हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिका–८ गौरीघाटस्थित बिद्या पार्टी प्यालेस नजिकबाट कोटेश्वर बस्ने डोल्पा, त्रिपाराकोट–४ का ३१ वर्षीय जयबहादुर रोकायाको ४ लाख ५० हजार रुपैयाँ शनिबार लुटपाट भएको छ ।

बिगत केही दिनदेखि चिनजान भएको साथी बौद्ध बस्ने दोलखा चरिकोट घर बताउने २५ वर्षीय हिमाल तामाङले चिया खान बोलाई रोकायाले भिरेको उक्त नगद सहितको झोला खोसेर अल्वाफेट नखुलेको ७०५ नम्बरको कालो स्प्लेण्डर मोटरसाइकलमा फरार भएको बताइएको छ ।

फरार व्यक्तिको खोजतलास गर्नुको साथै यस सम्बन्धमा  आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताइएको छ ।