मधेसी–जनजातिका माग सम्बोधन गर्न माग

असन्तुष्ट पक्षलाई सहमति र सहकार्यमा ल्याउने

पाँचथर । नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले हिमाल पहाड–तराई सबैलाई गोलबन्द बनाएर मधेसी, जनजाति, आदिवासी र अल्पसङ्ख्यकका मागलाई सम्बोधन गर्न आवश्यक रहेको बताएका छन् ।

सदरमुकाम फिदिममा आज बिहान प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको अवस्थामा राज्यले सबै दल र असन्तुष्ट पक्षलाई सहमति र सहकार्यमा ल्याई अगाडि बढ्न प्रेरित गर्नुपर्ने समेत बताए । रासस