राजपाका नेताको गुनासोः सरकारले चुनावमा भाग लिन दिएन

राजविराज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका नेताले निर्वाचनमा भाग लिन चाहे पनि सरकारले नदिएको बताएको छ।

मलेठमा शनिबार आयोजित ऊर्जासभा नाम दिइएको पार्टी प्रवेश कार्यक्रम राजपाका पाँच अध्यक्षले सरकारमाथि सो आरोप लगाएका हुन्।

अध्यक्ष राजेन्द्र महतोले सरकारले ढोका लगाएर भित्र बोलाएको बताउँदै मृत्युपत्रमा हस्ताक्षर गर्न बोलाएकाले निर्वाचनमा भाग नलिएको बताए।

‘हामी उपेन्द्र यादव र विजय गच्छदार जस्तै मुर्ख र धोकेबाज होइनौ’ नेता महतोले भने–‘स्थानीय, प्रदेश र सांसदको चुनाव गरेर संविधान सदर गर्ने षडयन्त्र सफल हुन दिदैनौँ।’

कांग्रेस, एमाले र माओवादीमा रहेका मधेसी सांसदहरु दोहोरो चरित्रका भएको भन्दै उनले मधेसको छोरा भनेर मत माग्ने सांसदले रातारात बुवा परिवर्तन गरेर मधेसी जनताको हितविपरित संविधान जारी गरेको आरोप पनि लगाए। यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।