ठाकुरबाबा नगरपालिकाको विकास र सम्मृद्धि मेरो एजेण्डाः मेयरका प्रत्यासी थारु

जित निश्चित भएको दावी

बर्दिया । पुर्वपश्चिम राजमार्गसँग जोडिएको बर्दियाको ठाकुरबाबा नगरपालिका अन्तर्गत पर्ने भुरिगाउँ, बगनाह, शाहिपुर, शिवपुर, ठाकुरद्धारा लगाएत सबै क्षेत्रका आम नागरिकको हक हितका साथै समग्र नगरको सम्मृद्धिका लागि सत्तारुढ दल नेपाली काँग्रेसको तर्फबाट मक्कुराम थारुले स्थानीय तहको दोश्रो चरणको असार चौध गते हुने निर्वाचनमा उम्मेदवारी दिएका छन ।

शनिबार हरपल नेपाल डटकमको निर्वाचन विशेष संवादमा टेलिफोन मार्फत बोल्दै नेपाली काँग्रेसबाट ठाकुरबाबा नगरपालिकाको मेयर पदको उम्मेदवारीका लागि चर्चामा रहेका नेता मक्कुराम थारुले त्यस्तो बताएका हुन ।

स्थानीय राजनीतिमा लामो समयदेखि सक्रिय रहेका मक्कुराम थारुले ठाकुरबाबा नगरपालिका भित्रको समग्र अवस्थाको मुल्याङकन गर्दै त्यहाँको विकास र सम्मृद्धिको मुल फुटाउने आफ्नो इच्छा भएको बताएका छन ।

मेयर पदका लागि चर्चामा रहेका मक्कुराम थारुले ठाकुरबाबा नगरपालिकाभित्रका सबै शिक्षा, स्वास्थ्य, यातायात जस्ता प्रमुख कार्यहरुलाई प्राथमिकता दिने आफ्नो लक्ष्य रहेको बताए ।

उनले उम्मेदवारी मनोनयनदर्ता गरेदेखि जनतामा देखिएको खुसीयाली आफुप्रतिको विश्वास, साथिहरु र आफन्तजनको साथ सहयोगका साथै घरदैलो कार्यक्रममा देखिएको चुनावी रौनकले आफ्नो जित निश्चित भएको बताएका छन ।