खोज तथा उद्धार सामग्री हस्तान्तरण

वर्षायामको बेला सावधानीकपूर्वक यात्रा गर्न निर्देशन

रसुवा । सबल कार्यक्रम नामक गैससले विभिन्न ३० प्रकारका खोज तथा उद्धारका सामग्री जिल्ला दैवीप्रकोप उद्धार समितिलाई शुक्रबार हस्तान्तरण गरेको छ ।

प्रअिज एवम् समितिका अध्यक्ष चोमेन्द्र न्यौपानेलाई हस्तान्तरण गरिएका। सामानमा लाइफ ज्याकेट, हाते माइक, सिट्ठी, हेल्मेट, टर्च, गल, घन, पिक, बाल्टिनलगायत छन् । कार्यक्रमका प्रमुख चिरञ्जीवी दाहालले ती सामग्रीको मूल्य भ्याटबाहेक रु तीन लाख ९५ हजार बराबर भएको जानकारी दिएका हुन।

वर्षायाम सुरु भइसकेकाले जोखिम न्यूनीकरणका लागि पानी परेको बेला नहिँड्न, ठाडोखालोको भल पानी आउने क्षेत्रमा नजान, भिरको फेदीमा नबस्न, समथर भूभागमा बस्न, पानी परेको बेला हिँड्नैपर्ने अवस्था आएमा सावधानीपूर्वक यात्रा गर्न समितिले सम्पूर्ण जिल्लावासीलाई सुझाव दिएको छ । रासस