अष्ट्रेलिया र अल्जेरियाले मानवअधिकार परिषद्‌मा नेपाललाई सघाउने

काठमाडौ । अष्ट्रेलिया र अल्जिेरियाले नेपाललाई संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को अस्थायी सदस्य पदमा समर्थन गर्ने आश्वासन दिएका छन्।

परराष्ट्र मन्त्रालयका अधिकारीका अनुशार आउंदो सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को चुनावमा नेपाललाई जिताउन सहयोग गर्ने आश्वासन यी दुई मुलुकले दिएका हुन्।

नेपालले सन् २०१८ देखि २०२० का लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को अस्थायी सदस्य पदमा उम्मेद्वारी दिएको छ। एसियाली मुलुक फिजीले हालै मानवअधिकार परिषद्को अस्थायी सदस्य पदमा दिएको आफ्नो उम्मेद्वारी फिर्ता लिएको थियो।

‘फिजीले परिषद्को सदस्य पदमा दिएको उम्मेद्वारी फिर्ता लिएको छ। यसले नेपाललाई फाइदा पुग्छ। नेपालले यसपटक परिषद् सदस्य जित्नेमा हामी ढुक्क जस्तै छौँ’ मन्त्रालयका एक अधिकारीले भने। यो समाचर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।