७ नम्बर प्रदेश लोडसेडिङ मुक्त हुन्छः अध्यक्ष प्रचण्ड

नेपाल–भारत सीमा व्यवस्थित गर्ने दावी

कञ्चनपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री प्रचण्डले कञ्चनपुरको पूनर्वासमा शुक्रबार स्थानीय तहको चुनाव विशेष सभालाई सम्बोधन गर्दै ७ नम्बर प्रदेशलाई आफु काठमाडौं फर्किए लगत्तै छिट्टै लोडसेडिङ मुक्त गर्ने घोषणा गरेका छन् ।

अध्यक्ष प्रचण्डले स्थानीय तहको चुनावी प्रचारप्रसारमा ७ नम्बर प्रदेश कैलाली, कञ्चरपुर गएको समयमा त्यहाँका स्थानीय वासीहरुले मुख्य शहर मात्रै लोडसेडिङ मुक्त भएको र ग्रामिण भेग अन्धकारमै बस्नु परेको गुनासो गरेपछि आजको चुनावी सभालाई सम्बोधन गर्दै त्यस्तो घोषणा गरेका हुन् ।

उक्त कार्यक्रममा प्रचण्डले नेपाल–भारत सीमा व्यवस्थित र निर्धारण गर्नसमेत पहल गर्ने र सुदुरपश्चिममा कृषि विश्वविद्यालय, प्राविधिक शिक्षालय तथा अन्य मौतिक पूर्वाधार निर्माण गर्न पहल गर्ने बताएका छन ।