पृथ्वीराजमार्गमा ट्रक दुर्घटना हुँदा तीनको मृत्यु

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत जोगिमाराको हुग्दी खोलामा आज बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बरुण सिंहकाअनुसार काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३१२३ नं को ट्रक हुग्दी खोलामा पल्टिएर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा चालक बारा जिल्ला गढीमाई निवासी नरबहादुर खत्री सहचालक जीवन लामा र ट्रकमा सवार यात्रु सञ्जु राईको मृत्यु भएको छ ।

उनी आफैँ ट्रक धनी हुन् । अत्याधिक गतिमा गुडिरहेको ट्रक सडकबाट खोलामा खसेर दुर्घटना भएको थियो । रासस