बारामा एक जनाको करेन्ट लागेर मृत्यु

घटनाको छानबिन हुँदै

बारा । बारा जिल्लाको सिमरा उपमहानगरपालिका–७ मदर्शा टोलस्थित मदर्शाभित्र मजदुरी गर्ने एक जनाको मृत्यु भएको छ ।

बिहिबार मोटर जडान गरेको कलधारामा पानी पिउँदा अचानक करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

पर्सा, विरुवागुढ गाउँपालिका–३ बस्ने ३६ वर्षीय जगरनाथ हजरा रामको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उक्त घटनाको थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।