निर्वाचनको मुखैमा किन सारिए निर्वाचन आयोगका सचिव

काठमाडौं । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मुखैमा सरकारले निर्वाचन आयोगका सचिवको सरुवा गरेपछि सरकारले यस्तो निर्णय किन लियो भन्ने प्रश्न उठेको छ ।

बिहिबारको मन्त्रिपरिषद् बैठकले मैनालीलाई आयोगबाट प्रधानमन्त्री कार्यालयमा किन सरुवा गर्यो भन्ने कारण खुलाएको छैन । तर, स्रोतहरूले आयोगका मुख्य आयुक्त डा. अयोधिप्रसाद यादवलगायत अधिकांश आयुक्तको निरन्तरको आग्रहपछि सरकारले यस्तो निर्णय लिएको दावी गरेका छन् ।

प्रमुखलगायतका आयुक्तले मैनालीलाई सरुवा गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पटकपटक मौखिक दबाब दिएपछि प्रधानमन्त्री यो निर्णयमा पुगेको स्रोतको भनाइ छ ।

मैनालीलाई हटाउने निर्णयमाथि मन्त्रिपरिषद् बैठकमा मुख्यसचिव डा। सोमलाल सुवेदीले असहमति जनाएका थिए । निर्वाचनको मुखमा आयोगका सचिव सरुवा गर्दा गलत सन्देश जाने भन्दै उनले प्रधानमन्त्रीलाई त्यस्तो निर्णय नलिन आग्रह गरेका थिए। यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।