राजपा नेताहरूको स्पष्टोक्ति: हैकम जोगाउन निर्वाचनमा

कपिलवस्तु । स्थानीय तहमा तराई मधेसको वर्चस्व कायम गर्न आफूहरू निर्वाचनमा उम्मेदवार बनेको राजपाका नेताहरूले बताएका छन् ।

पार्टी नीतिविपरीत भए पनि मतदाताको मागअनुसार आफू स्वतन्त्र रूपमा उम्मेदवार बनेको राजपाका नेता एवं कपिलवस्तु नगरपालिकामा मेयर पदका उम्मेदवार रामदास गुप्ताले बताउनुभयो ।

केन्द्रमा प्रमुख ३ दलको वर्चस्व कायम रहेका बेला स्थानीय तहमा आफूहरू निर्वाचनमा सहभागी नहुँदा स्थानीय तह पनि गुम्ने खतरा देखेपछि स्वतन्त्र रूपमा आफूले उम्मेदवारी दर्ता गराएको नेता गुप्ताले स्पष्ट पार्नुभयो ।

‘नेता गुप्ताले भने–‘केन्द्रमा मधेस विरोधी दलहरूको हातमा सरकार र बलियो प्रतिपक्ष छु । यस्तो अवस्थामा निर्वाचनमा सहभागी नभए स्थानीय निकाय पनि मधेस विरोधी शक्तिको हात पर्ने खतरा थियो । यस्तो अवस्थाबाट जोगाउन हामी बाध्य भई निर्वाचनमा सहभागी भयौं । सही गलत के भयो, त्यो भविष्यले नै निक्र्योल गर्ला ।’

गुप्तासँगै उपमेयरमा राजपा नेता वासुदेवप्रसाद कसौधनले स्वतन्त्र उम्मेदवारी दिएका छन । यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।