देउवाले बनाउनै सकेनन् सहयोगी टिम

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यभार सम्हालेको १७ दिन बितिसक्दा पनि सहयोगी टिम बनाउन सकेका छैनन् । सल्लाहकार र सहयोगी टिम नहुँदा सचिवालय र प्रधानमन्त्री कार्यालय नै अस्तव्यस्त छ ।

प्रधानमन्त्रीसँग सिधै सम्पर्क हुँदैन, सहयोगी टिम नहुँदा महत्वपूर्ण सुझाव दिनसमेत पाइरहेका छैनौं,’ उनी निकट एक केन्द्रीय सदस्यले गुनासो गरे, ‘प्रधानमन्त्री र सकारको निर्णयबारे बाहिर विभिन्न अफबाह आइरहेका हुन्छन्, त्यसको कसले खण्डन गर्ने भन्ने पनि अन्योल छ ।’

यसअघि तीन पटक प्रधानमन्त्रीको अनुभव लिएका देउवाले चुनावपछि मात्रै सहयोगी टिम बनाउने भन्दै आफूनिकटलाई सुनाउने गरेका छन् । सहयोगी टिमको सुझावभन्दा पनि आफ्नै शैली र परम्पराबाट चल्ने स्वभाव देउवामा देखिएको छ ।यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।