सुडान घोटालामा संलग्न दुई पूर्वआइजीपी जेल चलान

६ महिनादेखि २ बर्षसम्म जेल सजाय हुने

काठमाडौं । सर्बोच्च अदालतका तत्कालिन प्रधान्यायाधीश सुशीला कार्कीको इजलालसले सुडानको घोटाला प्रकरणमा भ्रष्टाचारी प्रमाणित भएका नेपाल प्रहरीका दुई पूर्वआइजीपी सहित चार जनालाई आज जेल चलान गरिएको छ ।

आज उनीहरुले सर्बोच्च अदालतमा आई आत्मसमर्पण गरेका थिए । उनीहरुलाई अदालतको आदेश अनुसार जेल चलान गरिएको हो ।

जेल चलान हुनेमा पूर्वआईजीपी ओमविक्रम राणा,हेमवहादुर गुरुङ, पूर्व एआईजीपी दिपकसिंह थाङ्देन र पूर्वडीआईजी दिपक श्रेष्ठलाई डिल्लीबजार कारगार चलान गरिएको छ ।

सर्वोच्च अदालतले राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना, गुरुङलाई १ वर्ष कैद र ४० हजार जरिवाना तथा रमेशचन्द्र ठकुरीलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको छ ।

त्यसैगरी एआईजी छ्याङदेनलाई ५० हजार जरिवाना एक वर्ष कैद र डीआईजी श्रेष्ठलाई ३० हजार जरिवाना र ६ महिना कैद सजाए तोकिएको छ ।

उनीहरुलाई यस भन्दा पहिले तत्कालिन प्रधान्यायाधीश सुशीला कार्कीको इजलालसले सुडानको डार्फरमा पठाइने एपिसी खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै जेल सजाय र बिगो असुल गर्ने फैसला सुनाएको थियो ।