सर्लाहीमा करेन्ट लागेर एकको मृत्यु

घटनाको छानबिन हुँदै

सर्लाही । सर्लाहीको बिष्णु गाउँपालिका–१ बाराउधोरण बस्ने २० वर्षीय अमित ठाकुरको करेन्ट लागेर मृत्यु भएको छ ।

आफ्नै घरको पानी मोटर चलाउन बिजुलीको स्विच थिच्दा मंगलबार अचानक करेन्ट लागेर गम्भीर घाइते भएका ठाकुरलाई भारतको सितामणी लगि उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त घटनाको सर्लाही प्रहरीले आवश्यक छानबिन गरिरहेको छ ।