देशैभर मनसुन सक्रिय, यसपालि औषत वर्षा

काठमाडौं । एक हप्ताअघि पूर्वीनेपाल हुँदै प्रवेश गरेको मनसुन आठ दिनपछि देशभर सक्रिय भएको छ । मंगलबार बंगालको खाडीबाट आउने पूर्वी वायु बलियो भएपछि देशैभर मनसुन सक्रिय भएको हो ।

देशका अधिकांश भूभागमा वर्षासँगै सुरु भएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसम विज्ञ सुवा रिमालले बताए ।

बुधबार सुदूरपश्चिमको तराई क्षेत्रबाहेक अधिकांश भूभागमा वर्षा हुने महाशाखाको अनुमान छ । सुदूरपश्चिमकमो तराई क्षेत्रमा भने मौसम बदली मात्रज्ञ हुन सक्ने अनुमान छ ।यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।