शान्तिप्रक्रियामा आउन अघि पूर्व राजा ज्ञानेन्द्रसँग वार्ता गर्ने प्रचण्डको इच्छा

राजनीति दलका कारण शाहले ठुलो अवसर गुमाउनु परेको दावी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रियामा आउन अघि पूर्व राजा ज्ञानेन्द्र शाहसँग वार्ता गर्ने आफ्नो इच्छा भएको बताएका छन । ।

मंगलबार उजिर मगरको ‘अंश’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले त्यस्तो बताएका हुन । भारतको नयाँ दिल्लीमा भएको १२ बुँदे सम्झौताको विषयमा बुल्दै गर्दा उनले सो कुरा बताएका छन ।

प्रचण्डले भने–‘शान्तिप्रक्रियामा आउनु भन्दा पहिले हामिले पूर्व राजा ज्ञानेन्द्रसँग वार्ता गर्न खोज्दा यहाँका राजनीतिक दलहरुले त्यो खालको वातावरण बनाउन सकेनन् त्यस कारण पूर्व राजा ज्ञानेन्द्रले ठूलो अवसर गुमाउनु परेको हो ।’