काठमाडौंमा नेपाल पुलिसको नक्कली परिचयपत्र देखाई रकम असुली गर्ने पक्राउ

घटनाको थप अनुसन्धान हुँदै

काठमाडौ । नगद लुटी भाग्दै गरेको अवस्थामा काठमाडौं महानगरिए प्रहरीले एक जना पक्राउ गरेको छ ।

पुरानो बानेश्वर बस्ने चितवन, भरतपुर महानगरपालिका–७ का २४ वर्षीय विश्वास पौडेललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–३१ बानेश्वर कागत्यानी चोकस्थित सडकमा कोटेश्वर बस्ने कपिलबस्तुका २४ वर्षीय सुभाष थापालाई पौडेलले नेपाल पुलिस क्राइम ब्रान्चको नक्कली परिचयपत्र देखाई शरीर खानतलासी गर्छु भनि खल्तीमा रहेको नगद १ हजार रुपैयाँ लुटेका थिए ।

सो रकम लुटी भाग्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त बानेश्वरको प्रहरी टोलीले पौडेललाई नियन्त्रणमा लिएको छ । यस विषयमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।