निर्वाचन विरोधी शक्तिहरु कमजोर भएका छनः गृहमन्त्री शर्मा

सुरक्षा निकाय जनताप्रति वफादार हुनु पर्नेमा जोड

बाँके । गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले नेपाली जनता दोस्रो चरणको निर्वाचनमा मतदान गर्न आतुर भएको बताउदै निर्वाचन विरोधी शक्तिहरु कमजोर भएको बताएका छन ।

हिजो बाँकेको नेजालगञ्जमा आयोजना गरिएको सुरक्षा गोष्टीलाई सम्बोधन गर्दै मन्त्री शर्माले सुरक्षा निकायलाई चुनौती सामना गर्नकालागि सुचना र समन्वयलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

शर्माले निर्वाचन सम्पन्न गर्ने क्रममा कुनै पनि राजनितीक गन्ध आएको खण्डमा तत्काल कारवाही हुने समेत उल्लेख गरे । साथै उनले सुरक्षा निकाय जनताप्रति वफादार र राज्य प्रति उत्तरदायी हुनु पर्ने धारणा व्यक्त गरे ।

यसैगरी मन्त्री शर्माले निर्वाचनका क्रममा फायर नखोली केन्द्रीय योजना कार्यान्वयन गर्न बताउदै, चुनौतीेको सामना गर्नु परेमा अगाडी बढन् निर्देशन गरे ।

उनले विप्लव माओबादीले उम्मेदवारी दिएको विषयलाई उल्लेख गर्दै अब कालो झन्डा देखाउन कहाँ पाईन्छ भन्दै प्रश्न समेत गरे ।

सुरक्षा गोष्टीमा रुकुम, रोल्पा, दाङ, प्युठान, बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरु लगायतको उपस्थिती थियो ।