संखुवासभामा ढुंगा प्रहारबाट एक जनाको मृत्यु

अभियुक्त प्रहरी नियन्त्रणमा

संखुवासभा । संखुवासभामा छिमेकीको ढुंगा प्रहारबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

आइतबार ढुंगा प्रहारबाट गम्भीर घाइते भएका भोटखोला–२ च्यामताङ बस्ने ३७ वर्षीय छिनाङ भोटेको स्वास्थ चौकी चेपुवामा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यही ठाउँ बस्ने ५४ वर्षीय छिमिक भोटेले बाटोको विषयलाई लिएर भएको वादविबादमा ढुङगा प्रहार गर्दा गम्भीर घाइते भएका छिनाङको उक्त स्वास्थ्य चौकीमा उपचारको क्रममा सोमबार मृत्यु भएको छ ।

कुटपिट गर्ने छिमिक भोटेलाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।