कतारमा रहेका साउदी र युएईका सयौं कम्पनीहरु जोखिममा

कतार । साउदी अरब र संयुक्त अरव इमिरेट्स (युएई) का नागरिकको लगानीमा कतारमा सञ्चालित कम्तीमा ६ सयभन्दा बढी कम्पनीहरु जेखिममा परेका छन् ।

साउदी र युएई सरकारले नै ती कम्पनीहरु बन्द गर्न दबाब दिन थालेको कतारबाट प्रकाशित हुने अरबिक दैनिक अरैयाहले जनाएको छ ।

कतारमा साउदी नागरिकको मात्रै लगानीमा ३ सय ५ र कतारीसँगको साझेदारीमा ३ सय ३ कम्पनी सञ्चालित छन् । यी कम्पनीमा एक सय २३ बिलियन रियाल लगानी भएको मानिएको छ ।

साउदीको नेतृत्वमा छिमेकी देश बहराइन र संयुक्त अरब इमिरेट्स ९युएई०ले कतारसँग जुन ५ मा कुटनीतिक सम्बन्ध बिच्छेद गरेपछि ती कम्पनी जोखिममा परेका हुन् ।

यी देशले आफ्ना नागरिकलाई १४ दिनभित्र कतार छोड्न निर्देशन दिएका थिए । कतारले भने कुनै पनि देशको नागरीकलाई नपठाउने र आफ्नो कामलाई निरन्तरता दिन अनुरोध गरेको छ ।

साउदीले आफ्ना नागरिकको लगानी रहेका कम्पनीलाई बन्द गर्न दबाब दिएपछि यी कम्पनीहरुको भविष्य संकटमा परेको छ । यो समाचार आजको कान्तिपुरमा प्रकाशित छ ।