हत्याको सत्यतथ्य छानबिन गर्न माओवादीको माग

दोषीमाथि कार्बाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले सङ्खुवासभा भोटखोला गाउँपालिकामा उम्मेदवारी दर्ता गर्न जाने प्रक्रियामा वडाध्यक्षका उम्मेदवारको हत्या गरिएको भन्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।

प्रवक्ता पम्फा भुसालले आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै भोटखोला गाउँ समिति सदस्य तथा वडा नं २ का पार्टीका तर्फबाट वडाध्यक्षका उम्मेदवार छिनाङ भोटेको उम्मेदवारी दर्ता गर्न जाने प्रक्रियामा बाटोमा कुटपिट गरी हत्या गरिएकामा आपत्ति जनाउँदै दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरकी छन ।

माओवादीले वडाध्यक्षका उम्मेदवार भोटेको हत्या नेकपा (एमाले) का कार्यकर्ताले गरेको आरोप लगाएको छ ।

प्रवक्ता भुसालले घटनाको भत्र्सना गर्दै हत्याराको अविलम्ब खोजी गरी कडा कारबाहीका लागि सरकारसँग मागसमेत गरेकी छन ।

प्रवक्ता भुसालले निर्वाचनको प्रक्रियामा उम्मेदवार तथा मतदाताको पूर्ण सुरक्षाको वातावरण सुनिश्चित गर्नुसमेत सम्बन्धित पक्षको ध्यानाकर्षण गराएकी छन । रासस