प्रधानमन्त्री देउवाको प्रस्ताव ओलीद्धारा अस्विकार

प्रधानन्यायाधीसमा पराजुलीको उमेर विवाद

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्ययनका लागि समय माग गरेपछि प्रधानन्यायाधीशका लागि सिफारिसको कुनै निर्णय हुन सकेन ।

गोपाल पराजुलीको उमेरका साथै शैक्षिक प्रमाणपत्रबारे विवाद भएको हुँदा उक्त विवाद पहिला टुंगाउनु पर्ने ओलीले अडान राखेपछि प्रधानन्यायाधीशको सिफारिस हुन सकेको छैन ।

सोमबार बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पराजुलीलाई प्रधानन्यायाधीश सिफारिस गर्न प्रस्ताव गरेका थिए । ओलीले देउवाको उक्त प्रस्तावलाई अस्विकार गरेका छन ।

निवर्तमान प्रधानन्यायाधीश सुशिला कार्कीको उमेर हदका कारण गत ज्येष्ठ २४ गते अवकास पाएकी थिइन । त्यसपछि कामु प्रधानन्यायाधीस पराजुली भएका थिए । अहिले न्याय परिषदले पनि प्रधानन्यायाधीशका लागि पराजुलीसहित ६ जनाको नाम सिफासिर गरेको छ ।