‘बहिष्कारवादी’ कै उम्मेदवारी

बाँके । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवारी दिनेको संख्या निकै देखिएको छ। फरक–फरक परिस्थितिले उनीहरूलाई स्वतन्त्र उम्मेदवारी दिन बाध्य बनाएको छ।

निर्वाचन बहिष्कारको नीति अँगालेका पार्टीका कार्यकर्तादेखि निर्वाचनमा सहभागी पार्टीका कार्यकर्ताले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

कपिलवस्तु नगरपालिकामा राजपा नेता रामदास गुप्ताले स्वतन्त्र उम्मेदवारी दिए। उनी दुईपटकका पूर्वमेयर हुन् । पार्टीले चुनावमा भाग नलिने नीति बनाए पनि चुनावमा जानुपर्छ भन्ने जनताको भावना कदर गर्दै स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ । 

जसरी पनि निर्वाचन हुन्छ भन्ने संकेत देखिएपछि कार्यकर्ताको भावनाको कदर गर्दै उम्मेदवारी दिएको हुँ ।’ समर्थकले चुनावमा भाग नलिए तपाईंको घरमा कहिल्यै आउँदैनौ भन्नेसम्मको धम्की दिएको उनले बताए ।

स्रोतका अनुसार जिल्लामा चुनावी सरगर्मी बढ्दै गएपछि राजपा कार्यकर्ताले सांसद बृजेशकुमार गुप्तालाई निर्वाचनमा भाग लिन दबाब दिएका थिए । सोहीअनुसार ७४ वर्षीय गुप्ताले मेयरमा उम्मेदवारी दिए । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।