कपिलवस्तुमा टाइम बम बिष्फोट

दश जना घाइते

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ स्थित गजेहडामा बम बिष्फोट भएको छ । बिष्फोटमा परी १० जना सर्वसाधारण घाइते भएका छन ।

काँग्रेस र माओवादी केन्द्रका उम्मेदवार मनोनयन दर्ता गर्न प्रवेश गरे लगत्तै बाहिर साइकलमा राखिएको टाइम बम बिष्फोट भएको हो ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका अनुसार घाइते मध्ये आठ जनालाई पिपरा स्वास्थ्य चौकीमा र दुई जनालाई वुटवल लगिएको छ ।

उक्त घटनाको नेपाली सेनाले अनुसन्धान गरिरहेका छन । अहिले त्यहाँ को अवस्था सामान्य रहेको छ ।