जनकपुरमा पूर्वराज्यमन्त्रीसहित राजपाका कार्यकर्ता पक्राउ

अवस्था तनाव ग्रस्त

जनकपुर । शनिबार निर्वाचन आयोगले सार्बजनिक गरेको दोश्रो चरणको निर्वाचनको कार्यतालिका अनुसार आजको लागि तय गरेको उम्मेदवारी मनोनयन दर्ताको विरुद्ध आन्दोलन गर्दा जनकपुरमा राजपाका पुर्व सुचना तथा सञ्चार राज्य मन्त्रीसहित कार्यकर्ता पक्राउ परेका छन ।

सरकारले आफ्ना मागहरु पुरा नगरीकन दोश्रो चरणको स्थानीय निर्वाचन गर्न लागेको भन्दै आन्दोलनको क्रममा गाडी तोडफोड र व्यानर समेत च्यात्ने कार्य भएको हुँदा प्रहरी पक्राउ गरेको हो ।

उक्त आन्दोलनका क्रममा पुर्व सुचना तथा सञ्चार राज्य मन्त्री सरिता साह, राजपा धनुषा संयोजक प्रमेश्वर साह सहित दुई दर्जन नेता कार्यकर्ता पक्राउ परेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ । अहिले पनि त्यहाँको अवस्था तनाव ग्रस्त नै छ ।