मधेशी नेतालाई संविधान भन्दा सत्ता प्यारो हुन्छः अध्यक्ष ओली

राष्ट्र बनाउन एकता आवश्यक भएको दावी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेशी नेताहरुलाई संविधान भन्दा सत्ता प्यारो भएको बताएका छन ।

एमालेको पार्टी कार्यालय धुम्बराहीमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले त्यस्तो बताएका हुन ।नेपालका लागि दुवै छिमेकी देश चीन र भारत दुश्मन नभई सहयोगि भएको बताएका छन् ।

उनले भने–‘मधेसी नेताहरुले नाकाको आन्दोलन छोडेर तत्कालिन प्रधानमन्त्री सुशील कोईराला र पुष्पकमल दाहाल प्रचण्डलाई भोट हाल्न काठमाण्डौ आएको सवैलाई थाहा छ, तर संविधानमा हस्ताक्षर गर्न भने आएनन् । त्यसैले उनीहरुलाई संविधान होइन सत्ता चाहिको पुष्टी हुन्छ ।’

चीन र भारतको सहयोगबाटै नेपालको समृद्धि हुने उनले बताएका छन । साथै मधेसका नेपालीलाई एमालेले कहिल्यै विदेशी नभनेको बताए ।

यदि अब देश बनाउन राजनीति गर्ने हो भने लडाई झगडाले नहुने र सबै एक जुट भएर मुलुक प्रति झुकाव राख्नु पर्ने बताए ।