गृहमन्त्री शर्माद्धारा राजपालाई सहमतिमा आउन आग्रह

शान्तिपूर्ण र भयरहित चुनाव हुने दावी

रुकुम । सरकारले राष्ट्रिय जनता पार्टी नेपालका मागहरु पुरा नगरी दोश्रो चरणको स्थानीय तहको निर्वाचन गर्न लागेको र प्रदेश नं २ को स्थानीय चुनाव असोजमा सारेको भन्दै राजपाले आन्दोलन गरी रहेको छ ।

आज रुकुममा एक पत्रकार सम्मेलन कार्यक्रममा गृहमन्त्री जनार्दन शर्माले राष्ट्रिय जनता पार्टीलाई आन्दोलन छाडेर सहमतिमा आउन आग्रह गरेका छन् ।

गृहमन्त्री शर्माले प्रेस सेन्टर रुकुमले गरेको कार्यक्रम मार्फत जनताको मताधिकार सुनिश्चित गर्न प्रदेश नं २ को चुनाव सार्नुपरेको बताए ।

उक्त कार्यक्रममा गृहमन्त्री शर्माले शान्तिपूर्ण, भयरहित र धाँधलीरहित चुनाव हुने भन्दै ढुक्क भएर चुनावमा भाग लिन सबैलाई आग्रह गरे । अब हुने दोश्रो चरणको निर्वाचनका लागि कडा सुरक्षा व्यवस्था भएको बताए ।