दाङमा निर्वाचन सामग्री लुटियो

दाङ । दाङका शनिबार निर्वाचन सामग्री लुटिएको छ। शान्तिनगर गाउँपालिका ३ को भलानेटीबाट निर्वाचन सामग्री लुटिएको निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन शिक्षा दिन हिडेका दुई मतदाता शिक्षा स्वयम् सेवक संग रहेको निर्वाचन सामग्री ४ ५ जनाको मुख छोपेर पुगेको समूहले लुटेर लगेको जानकारी आएको जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख विजय कार्कीले जानकारी दिए।

स्वयंसेवक विपना खडका केसी र गीता भण्डारीको साथबाट मतदाता नामावली, विर्नाचनमा प्रयोग हुने विभिन्न चेतनामुलक सामाग्री , आचारसंहिता, नमुना मतपत्र तथा अन्य सामग्री राखिएको झोला लगायत लुटिएको जानकारी दिए।

निर्वाचन शिक्षा दिने समय सकिएको भए पनि दुर्गम गाउँ भएकाले केहि बस्ती बाँकी रहेको र ती बस्तीमा सिकाई रहेको बेला निर्वाचन सामग्री लुटिएको बताइएको छ।

जिल्लाले शुक्रवार नै मतदाता शिक्षा सकिएको सूचना गरेको थियो। विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको गाउँपालिकामा सामान्य प्रभाव भएकाले उनीहरुकै कार्यकर्ता लुटपाटमा संलग्न भएको आशंका प्रहरीले गरेको छ। यो समाचार आजको अन्नपूर्णमा प्रकाशित छ ।