अस्थायी शिक्षकहरु आन्दोलनमा: पाँच जनाद्धारा आजबाट आमरण अनसन शुरु(भिडियोसहित)

सबै शिक्षकहरुलाई साविककै पदमा स्थायी नियुक्ति गर्न माग

काठमाडौं । अस्थायी शिक्षक आन्दोलन परिचालन समितिले आजबाट आफ्नो संघर्षका कार्यक्रमहरु शुरु गरेको जनाएको छ ।

सरकारले खोलेको विज्ञापनबाट लामो समयसम्म सेवामा रहेका अस्थायी शिक्षकहरु विस्थापित भएको भन्दै उनीहरुले पद पनर्वाहलीको माग राख्दै आन्दोलन शुरु गरेको जनाएका छन । विभिन्न जिल्लाबाट विस्थापित भएका शिक्षकहरुले आन्दोलन गर्न एक समिति समेत गठन गरेको छ ।

उनीहरुले अस्थायी शिक्षक आन्दोलन परिचालन समितिको व्यानर सहित पाँच जनाले आजबाट भद्रकाली मन्दीर छेउमा रहेको सडक (चोकमा) आमरण अनसन समेत शुरु गरेका छन ।

विस्थापित पारिएका शिक्षकहरुलाई पुनस्थापित गर्नुपर्ने माग सहित पर्साका किसुन प्रसाद यादव, गोरखाका जीत बहादुर गुरुङ्ग, बझाईका कलावती जोशी, पर्साका सुलेखादेवी कायस्थ र बाजुराका कलु केसी संयुक्त रुपमा अनसन बसेका छन ।

उकत समितिका महासचिव प्रमोद कुमार कर्णले हरपल नेपाल डटकमसँगको कुराकानीमा सरकारले विज्ञापन मार्फत पछिल्लो समयमा शिक्षक पदपूर्ति गरेर अस्थायी नियुक्त शिक्षकको अधिकार कुन्ठीत पारेको भन्दै आफुहरु शान्तिपूर्ण आमरण अनसनको कार्यक्रम मार्फत राज्यको ध्यानकर्षण गर्न लागेको बताए ।

महासचिव कर्णले सबै अस्थायी शिक्षकहरुमाथिको सरकारले गरेको अन्यायपूर्ण व्यवहार सच्चाउन माग गर्दै न्यायको पक्षमा गरिएको आन्दोलन नरोकिने बताए ।

उक्त समितिले विभेदकारी शैक्षक विज्ञापन खारेज गर्नुपर्ने, हालसम्मका सम्पूर्ण अस्थायी शिक्षकहरुलाई सामान्य प्रकृया पुर्याई स्थायी गर्नुपर्ने, विगतका विज्ञापनबाट विस्थापित भएका शिक्षकहरुलाई साविककै पदमा स्थापित गर्नुपर्ने, सेवा अवधि गणना गर्नुपर्ने जस्ता मागहरु अघिसारेका छन ।

LOADING...