आज १० बजे एसइईको नतिजा सार्बजनिक हुनेः बोर्ड समितिको बैठक बस्यो

नतिजा पूर्णरुपमा तयार

काठमाडौं । गत चैत्र ३ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको माध्यामिक शिक्षा परीक्षा एसइइको नतिजा आज सार्वजनिक गर्ने भएको छ ।

आज १० बजे एसइईको नतिजा सार्बजनिक हुने परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिएका छन । अहिले परिक्षा बोर्ड समितिको बैठक परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा बसेको छ ।

२०७३ सालको परीक्षामा मुलुकभरमा कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागि भएका थिए । दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्राका सहभागी थियो।