राजपा चुनावमा जाने या नजाने अनिश्चित

सरकारसँग छैन लिखित सम्झौता

काठमाडौं । सरकारले राजपाको माग देखाएर दुई नम्बर प्रदेशमा चुनाब सार्ने निर्णय गरे पनि असार १४ मा हुने १, ५ र ७ नम्बर प्रदेशमा सो पार्टी सहभागी हुने या नहुने निश्चित छैन। राजपा नेताहरु यसबारेमा स्पष्ट भइ नसकेको बताउँछन्।

सरकारले हामीसँग भएको कुराकानीका आधारमा वातावरण बनाउनुपर्छ। सहभागिताबारे हामी कुराकानी गर्दैछौँ’, उनले भने। निर्वाचनमा सहभागिताको विषयमा पार्टीका अन्य नेताहरुसँग छलफलपछि मात्र भन्न सकिने उनको भनाइ थियो।

सत्ता पक्षसँग बैठकमा सहभागी राजपा अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारीले निर्वाचनको सहभागिताबारे निर्णय गरिनसकेको जनाए।

‘सरकारले हामीसँग भएको कुराकानीका आधारमा वातावरण बनाउनुपर्छ। सहभागिताबारे हामी कुराकानी गर्दैछौँ’, उनले भने। निर्वाचनमा सहभागिताको विषयमा पार्टीका अन्य नेताहरुसँग छलफलपछि मात्र भन्न सकिने उनको भनाइ थियो। दुई नम्बर प्रदेशमा निर्वाचन स्थगित भइसकेको अवस्थामा राजपाको माग के हो भन्ने पनि उनले खुलाएनन्।

राजेन्द्र महतोसहितका केही नेताहरु आन्दोलनका लागि तराईमा छन्। उनीहरुसँग छलफलपछि मात्रै आधिकारिक धारणा आउने नेता भण्डारीले बताए। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।