टिकट खोसिएपछि उम्मेदवारद्वारा आत्महत्या

गाईघाट । नेकपा माओबादी केन्द्रका पुर्व उम्मेदवारले बिहीबार बिहान आत्महत्या गरेका छन्।

नेकपा माओबादी केन्द्रबाट त्रियुगा नगरपालिका वडानं १६ को खुल्ला वडा सदस्यमा उमेदवार बनेर खोसिएका जातेसिद्रेका ३५ बर्षीय टोपनारायण श्रेष्ठले आत्महत्या गरेका हुन्।

श्रेष्ठ घर नजिक रहेको सरस्वती सामुदायिक वन क्षेत्रमा विहान झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद फागुले बताए।

श्रेष्ठलाई पार्टीले टिकट दिईसकेपछि वडामा वृहद कार्यक्रम आयोजना गरी उमेदावार सार्वजनिक गरिएको थियो।
उमेदवार भई भोट मागिरहेको अवस्थामा पार्टीले विना जानकारी टिकट खोसेर धौरीका राजकुमार तामाङलाई उमेदवार बनाएपछि श्रेष्ठ असन्तुष्ट रहेको पारिवारिक स्रोतले जनाएको छ।

परिवार र स्थानीयले टिकट खोस्नु नै आत्महत्याको कारण भएको बताएपनि प्रहरीले भने कारण खुलाएको छैन्। यो समाचार आजको अन्नपूर्णमा प्रकाशित छ ।