दोश्रो चरणको निर्वाचनको कार्यतालिका सार्बजनिक

असार चार गते उम्मेदवारी मनोनयन दर्ता

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि पहिलेको निर्वाचन तालिका संशोधन गरेर नयाँ कार्यतालिका आयोगले सार्बजनिक गरेको छ ।

सरकारको प्रस्तावलाई स्विकार गर्दै निर्वाचन आयोगले १, ५ र ७ नम्बर प्रदेशमा १४ गते चुनाव हुने गरी निर्वाचन कार्यतालिका संशोधन गरेको हो ।

निर्वाचन आयोगले गरेको सशोधित कार्यतालिकाअनुसार असार १४ गते हुने निर्वाचनका लागि असार ४ गते उम्मेदवार मनोनयन, असार ६ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र असार १४ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको कार्यक्रम रहेको छ ।

राजपाको माग अनुसार प्रदेश नं २ को स्थानीय तहको निर्वाचन तेश्रो चरणमा असोज २ गते हुने भएको छ ।

निर्वाचनको कार्यतालिका हेर्न यहाँ  क्लिक गर्नुहोस