दोश्रो चरणको चुनावको तयारीका सन्दर्भमा निर्वाचन आयोगको पत्रकार सम्मेलन(विज्ञप्तीसहित)

प्रमुख आयुक्त यादवद्धारा विशेष सम्बोधन

काठमाडौं । दोश्रो चरणको चुनावको तयारीका सन्दर्भमा निर्वाचन आयोगले आज मिडिया सेन्टर कान्तिपथमा बिशेष पत्रकार सम्मेलन गर्दैछ । निर्वाचन आयोगले दिउँसो ३ः४५ बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।

सञ्चारमाध्यमलाई सूचना दिनका लागि आज आयोजित सो कार्यक्रममा निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी हुन ।

उक्त विशेष पत्रकार सम्मेलनमा आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, एशवरीप्रसाद पौडेल, सुधीरकुमार शाह र आयोगका सचिव गोपीनाथ मैनालीको उपस्थित रहने प्रवक्ता शर्माले बताएका छन ।