प्रहरीद्धारा रिपब्लिकन नेता माथि गोली हान्ने एक बन्दुकधारीको इन्काउन्टर

हजकिन्सन रिपब्लिकन विरोधी भएको खुलासा

अमेरिका । वाशिंगटन शहरको बाहिरी भागमा एक बेसबल खेल अभ्यास गरिरहेका रिपब्लिकन सांसदहरुको टोलीमाथि गोली हान्ने बन्दूकधारी मारिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

इलिनोइ राज्यका जेम्स हजकिन्सन नामक उक्त बन्दूकधारीलाई प्रहरीले गोली हानी मारिदिएको छ। सो घटनामा प्रतिनिधि सभाका रिपब्लिकन वरिष्ठ नेता स्टिभ स्कलिसको कम्मरमा गोली लागेको थियो। दुई जना प्रहरी सहित चार अन्य घाइते भएका थिए।

बन्दूकधारी हजकिन्सन रिपब्लिकन विरोधी समूहहरुका सदस्य रहेको र गत वर्षको निर्वाचनमा राष्ट्रपति पदका निम्ति डेमोक्र्याटिक पार्टिका आकांक्षी बर्नी स्याण्डर्सका समर्थक रहेको बताइएको छ।(अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट)