राजपालाई मनाउने प्रयास विफल

काठमाडौं । राष्ट्रिय जनता पार्टीले संविधान संशोधनविना चुनावमा सहभागी नहुने अडान राखेपछि स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ताको दुई दिनअघि भएको प्रमुख दलहरूबीचको सहमतिको प्रयास विफल भएको छ ।

बुधबार साँझ सिंहदरबारमा बसेको सत्तारूढ कांग्रेस, माओवादी, प्रतिपक्षी एमाले र आन्दोलनरत राजापाबीचको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्न नसक्ने बताएपछि विनानिष्कर्ष टुंगिएको हो ।

प्रधानमन्त्री देउवाले असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको चुनावपछि संविधान संशोधन गराउने प्रतिबद्धता बैठकमा गरेका थिए । राजपा नेता महन्थ ठाकुरले संविधान संशोधन नभई आफूहरू चुनावमा सहभागी नहुने धारणा व्यक्त गरेपछि बैठक टुंगिएको हो ।यो समाचार आजको अन्नपूर्णमा प्रकाशित छ ।