दैलेखमा बस दुर्घटनाः १० जनाको मृत्यु

घाइतेलाई काठमाडौं लिने तयारी

दैलेखबुधबार दैलेखको राकम कर्णालीमा भएको बस दुर्घटनाबाट दश जनाको मृत्यु भएको छ ।

कालिकोटबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९९८ नम्बरको बस करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

सो दुर्घटनाबाट करिब अठार जना घाइते भएका छन । अहिले केहि घाइतेको प्राथामिक उपचार दैलेखको अस्पतालमा भइरहेको छ भने थप उपचार गर्न काठमाडौ लिने तयारी भएको छ ।

त्यस घटनामा के कति क्षति भयो भनेर पूर्ण जानकारी अहिलेसम्म आउन नसकेको प्रहरीले जनाएको छ ।