लोडसेडिङ हटाउने अभियानलाई सरकार परिवर्तनले प्रभाववित पार्दैन, बरु सघाउँछः निर्देशक घिसिङ (भिडियोसहित)

‘लोडसेडिङ मुक्त नेपाल सम्भव भएको दाबी’

काठमाडौं । विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ मुक्त नेपाल बनाउने अभियानलाई सरकार परिवर्तनले प्रभावित पार्नेभन्दा सघाउँने विश्वास बयक्त गरेका छन ।

हरपल नेपालको विशेष संवादमा बोल्दै निर्देशक घिसिङ

हिजो हरपल नेपालको विशेष संवादमा बोल्दै निर्देशक घिसिङले त्यस्तो बताएका हुन । घिसिङले नेपालमा भएका जलश्रोतहरुको विद्युत उत्पादनका क्षेत्रमा उपयोग, विद्युत चुहावटको नियन्त्रण र खपतमा मात्र ध्यान दिन सकेमा नेपालमा लोडसेडिङको अवस्था नरहने दाबी समेत गरे ।

विद्युत प्राधिकरणको लोडसेडिङ मुक्त नेपाल बनाउने अभियानमा लिडरसिपले पनि केही प्रभाव पार्ने बताउँदै उनले भने.–‘विद्युत संकटका अवस्थाका कारण उपभोक्ताहरुले जुन समस्या भोग्नु परेका थियो, हामीले त्यसलाई संकटकालीन व्यवस्थापन गर्ने काम गरेका हौ । त्यसमा पूर्व प्रधानमन्त्री प्रचण्डदेखि उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरसम्मले राम्रो भुमिका खेल्नु भयो । उहाँहरुले योजना निर्माण र कार्यन्वयनमा राम्रो नेतृत्वदायी भुमिका खेलेका कारण छोटो समयमै विद्युत प्राधिकरणले काठमाडौंमा लोडसेडिङको अन्त्य गर्न सफलता पायो, अब आउने मन्त्रीज्यूबाट पनि त्यस्तै सहयोग पाउनेमा हामीले विश्वास गरेका छौ ।’

उनले यतिबेला मन्त्रालयदेखि विद्युत प्राधिकरणका सबै कर्मचारीहरुबीचमा राम्रो टिमवर्कको वातावरण बनेको बताउँदै सरकार परिवर्तनले आउने नयाँ नेतृत्वबाट पनि सकारात्मक सहयोग पाइने अपेक्षा गरें । उनले आफ्नो तर्फबाट निरन्तर लोडसेडिङ मुक्त नेपाल बनाउने अभियानमा सघाउने बताए ।

उनले सरकार र सबै मन्त्रीहरुले देशमा राम्रो काम नै गर्न चाहने भएकाले विद्युत प्राधिकरणको काममा समस्या भन्दा सहयोगको वातावरण बन्नेमा विश्वास ब्यक्त गरें ।

सरकार परिवर्तनले पार्ने प्रभावको विषयमा हरपल नेपालले राखेको प्रश्नमा बोल्दै उनले भने–‘जुनसुकै सरकार र मन्त्रालयलाई राम्रो पर्फमेन्स चाहिन्छ, हामीले एक प्रकारको गतिमा काम गरिरहेका छौ, त्यसमा अब आउने उर्जा मन्त्रीज्यू र सरकारले पनि सघाउनेमा विश्वास गरेका छौ ।’

LOADING...