एफबीआइलाई नयाँ प्रक्रियाबाट अगाडि बढाउनु पर्छः राष्ट्रपति ट्रम्प

कोमीद्धारा रुससँग अमेरिकाको मिलेमतो भएको आरोप

अमेरिका । अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सले गत वर्षको राष्ट्रपतीय निर्वाचनलाई डोनल्ड ट्रम्पको पक्षमा पार्न रुससँग सहमति गरिएको आरोपको सशक्त रुपमा खण्डन गरेका छन्।

जेम्स कोमीले चुनावी अभियानमा रुसले गरेको भनिएको राजनीतिक हस्तक्षेपबारेको एफबीआइको अनुसन्धानलाई प्रभावित पार्न आफूलाई पदबाट हटाइएको हुन सक्ने बताएपछि सेसन्सको त्यस्तो भनाई आएको हो।

महान्यायाधिवक्ता सेसन्सले ट्रम्पको चुनावी अभियानबारे आफूले रुसी अधिकारीहरुसँग कुनै भेटघाट नगरेको र ट्रम्पका चुनावी अभियान अधिकारीहरुले पनि त्यस्तो कुनै भेटघाट गरेकोबारे आफूलाई थाहा नभएको उल्लेख गरेका छन्।

उपमहान्यायाधिवक्ताको सल्लाह अनुसार संघीय जाँच निकाय एफबीआइका निर्देशक जेम्स कोमीलाई बर्खास्त गर्न आफूले राष्ट्रपतिलाई सुझाव दिएको सेसन्सले बताए।

यद्यपि एफबीआइलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्नेमा राष्ट्रपति ट्रम्प र आफू सहमत भएको उनले जनाए।(अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट)