नवलपरासीमा राजपाद्धारा एमालेको गाडी तोडफोड

घटनामा संलग्न नेता कार्यकर्ता प्रहरीको नियन्त्रणमा

नवलपरासी । मंगलबार नवलपरासीमा राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा कार्यकर्ताहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको गाडि तोडफोड गरेका छन ।

राजपा नेपालको बन्द कार्यक्रममा एमालेले मोटरसाइकलमा झण्डा लगाई घुम्दै गरेको भन्दै गाडी तोडफोड गरेको हो । त्यसरी गाडी तोडफोड गर्दा राजपाका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लगेको छ ।

राजपा नेपाल पार्टिका जिल्ला संयोजक पुरन चौधरी र मुकुरजी गिरी, राधेरमन पाण्डे, निरज रौनियार, शैलेश यादवसहित अन्य गरी एक दर्जन बढि कार्यकर्तालार्इ प्रहरीले पक्राउ गरेको छ ।