आजबाट नयाँ शक्ति पार्टी दोश्रो बर्षमा प्रवेशः शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न (भिडियोसहित)

बाबुरामले गरे बिगतको समिक्षा र आउदो बर्षको यस्तो विश्लेषण

काठमाडौं । नयाँ शक्ति पाटीै नेपालले पार्टी स्थापनाको एक बर्षको अवसरमा आज शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । पार्टी कार्यालय अनामनगरमा सम्पन्न उक्त कार्यक्रममा सयौंको संख्यामा नयाँ शक्ति सम्बद्ध नेता, कार्यकर्ताहरुका उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी संयोजक समेत रहेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक बर्षको अवधिमा पार्टीले जनताबीच विकास र संवृद्धिको विषयमा सकारात्मक संदेश प्रवाह गर्न सफलता प्राप्त गरेको समेत बताए ।

उनले पार्टी गठनभएको एक बर्षमै नेपाली राजनीतिमा नयाँ वहसको सुरुवात गरेको र त्यसले अहिले धेरै हदसम्म प्रभाव पारेको भन्दै अबको युग विकास, संवृद्धि र वैकल्पीक राजनीतिको युग भएकाले नआत्तिन नेता, कार्यकर्ताहरुलाई आग्रह समेत गरें ।

उनले आफ्नो पार्टीमा माओवादी जनयुद्धदेखि, फरक राजनीतिक पृष्ठभुमि र कोही सामाजिक अभियन्ताको रुपमा समेत आएको बताउदै धेरै क्षेत्र, विचार र समूहको एकिकृत शक्ति जम्मा गरेर नयाँ शक्तिको निर्माण अभियानले सफलता प्राप्त गरेको समेत बताए ।

उनले भ्रष्टचार र अनियमितताको विरोधमा नयाँ शक्तिले संघर्ष गरेको बताउँदै आउदा दिनमा पनि राजनीतिक सुद्धिकरणको लागि हुनेगरेका गलत प्रवृतिको भण्डाफोर आफ्नो पार्टीले गर्ने जनाएका छन ।

LOADING...