बाँकेमा राजपाद्धारा मेयरका उम्मेदवारको गाडी तोडफोड

घटनामा संलग्न एक जना पक्राउ

बाँके । बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिकामा सत्तारुढ दल नेपाली कांग्रेस निकटका मेयर पदका उम्मेदवार डा. सुरेशकुमार कनोडियाको गाडी तोडफोड भएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालले आज बिहानदेखि नै बन्द आहवान गरेको थियो । स्थानीय तहको निर्वाचनको प्रचार प्रसारको क्रममा घरदैलो कार्यक्रममा गई फर्कियको बा १४ च १३८७ नम्बरको स्कारपियो राजपा नेपालका नेता कार्यकर्ताले तोडफोड गरेका हुन ।

सो गाडी तोडफोड गर्ने एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । अहिले राजपाको बन्द कार्यक्रम जारी नै रहेको छ । पक्राउ परेका आफ्ना कार्यकर्ता रिहा गर्न राजपाले माग गरेको छ ।